Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुजतालाई पछि पार्दै एमालेका ऋषिकेश पोखरेलले लिए अग्रता



विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार पोखरेलको ४१६० मत र कोइरालाको ४००५ मत छ ।

मोरङ २ (१) मा नेकपा माओवादीका गणेश उप्रेतीले अग्रता बनाएका छन् । उप्रेतीले १९७६ मत ल्याउँदा एमालेका दानबहादुर कार्कीले १८६९ ल्याएका छन् ।

२(२) मा एमालेका लिलाबल्लभ अधिकारी अग्रस्थानमा छन् । उनले २६२५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद कार्कीले २२६६ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार