Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङका चार क्षेत्रको मतगणना सुरु



विराटनगर : विराटनगरको आदर्श माविमा मोरङका तीन क्षेत्रको मतगणना सुरु भएको छ । सोमबार दिउँसो १ बजेपछि क्षेत्र नम्बर ३, ४, ५ र ६ को मतगणना सुरु भएको हो ।

प्रतिनिधिसभातर्प मोरङ क्षेत्र नम्बर ६ को सुन्दरहरैँचा वडा नम्बर ६ को ज्योती मावि मतदान केन्द्रबाट मतगणना सुरु भएको छ । मोरङ ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित प्रतिस्पर्धि छन् ।

मोरङ ४ को कटहरी वडा नम्बर ४ बाट गणना सुरु गरिएको छ । क्षेत्र नम्बर ३ को मतगणना बेलारीको भगवती मावि मतदान केन्द्रबाट सुरु भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार