Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको मतगणना यी यी चार स्थानमा हुँदैछ



विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मोरङमा चार स्थानमा गरिने भएको छ ।
६ ओटा निर्वाचन क्षेत्र रहेको मोरङमा विराटनगर, बेलबारी, उर्लाबारी, र रतुवामाईमा मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ ।
क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय बेलबारीमा गरिने भएको हो । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार