Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङको फूलबारीमा झडप, प्रहरीद्वारा हवाइ फायर



ताप्लेजुङ : ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकास्थित फूलबारीमा मतदान रोकिएको छ। एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूको विवादका कारण मतदान स्थगित भएको हो। दिउँसो ३ बजेपछि मतदान अवरुद्ध छ।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयको भनाइ छ। प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले रोकिएको मतदान खुलाउने प्रयास भइरहेको जानकारी दिए।

सत्ता गठबन्धन र एमालेको विवाद उग्र बन्न थालेपछि नियन्त्रणका लागि प्रहरीले हवाइ फायरसमेत गरेको थियो। उक्त केन्द्रमा २८ प्रतिशत मत खसेको छ। दिउँसो ३ बजेसम्म जिल्लामा ४० प्रतिशत मत खसेको जानकारी दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार