Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित



चितवन । चितवनको क्षेत्र नं १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।
राप्ती नगरपालिका वडा नं.८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो । निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबर आएपछि आफू त्यसतर्फ गइरहेको अनलाइनखबरलाई बताए ।
मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ । अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । अनलाइनखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार