Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा ८२ लाख ठगी गर्ने दम्पती पक्राउ



विराटनगर : मोरङको सुन्दरहरैँचामा सर्वसाधारणको ८२ लाख ठगी गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका-१० मा रहेको कमला ज्वेलर्स सञ्चालन गरेर बसेका उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

ज्वेलर्सका सञ्चालन गरेर बसेका ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्माले ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

६५ जना सर्वसाधारणलाई ठगी गरेर राजु र कमला तीन महिनादेखि फरार थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार