Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बुधबार केपी ओली सुनसरी आउँदै



विराटनगर : नेकपा(एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सुनसरी आउने भएका छन् । उनी सुनसरीमा हुने आमसभा कार्यक्रममा सहभागी हुन आउने भएका हुन् ।

एमाले प्रदेश १ का कार्यालय सचिव नरेन्द्र बरालका अनुसार ओलीले सुनसरी जिल्लाको लोकहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

उक्त आमसभा एमाले सुनसरी जिल्ला निर्वाचन परिचालन समिटीले आयोजना गरेको हो । कार्यक्रम बुधवार दिउँसो २ बजे हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार