Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भारतसँग सीमा जोडिएका मोरङका सीमानाका ४ दिन बन्द हुने



फाइल तस्बिर : जोगवनी

विराटनगर : भारतसँग सीमा जोडिएका मोरङका सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार मंसिर १ देखि मतदान सम्पन्न नभएसम्म सीमानाका बन्द रहने भएको हो ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

मंसिर १ गते बिहीबार बिहानदेखि मंसिर ४ आइतबार गते राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ ।

उक्त निर्णयको पालना नगरे कानुन बमोजिम कारबाही गर्ने दाहालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार