Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

डेब्युमै अर्जुनको अर्धशतक



काठमाडौँ : नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्याट्सम्यान अर्जून साउदले डेब्यू खेलमै अर्धशतक पूरा गरेका छन् ।

युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध आजबाट सुरु भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अर्जूनले अर्धशतक पूरा गरेका हुन् । ओपनिङ ब्याट्सम्यान अर्जूनले ७७ बलमा अर्धशतक पूरा गरे ।

युएईले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा अर्जूनले अर्धशतक पूरा गरे । तर, उनी ५१ रन बनाउँदै आउट भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार