Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रवि लामिछानेको टोलीमाथि आक्रमण



चितवन : रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी टोलीमाथि गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्।

आइतबार आफ्नो चुनावी र्‍यालीका क्रममा गठबन्धनका कार्यकर्ताले चितवनको कुरिटनारमा आक्रमण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराका अनुसार कुरिनटारबाट नारायणगढतर्फ गइरहेकाे चुनावी र्‍यालीकाे गाडीमा गठबन्धनका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेकाे हाे। प्रहारबाट गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको बोहराले बताए।

आक्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारीलगायतका समूहकाे संलग्नता रहेको स्वतन्त्र पार्टीले दाबी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार