विराटनगर : मोरङमा मादक पदार्थ बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मादक पदार्थ बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंसिर १ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मादक पदार्थको बिक्री र सेवनलाई निषेध गरिएको दाहालले बताए ।
उक्त निर्णयको पालना नभए कानुन बमोजिक कारबाही गर्ने प्रशासनले जनाएको छ ।
