Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल



विराटनगर : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेललाई चयन गरेको छ । क्यानले शनिबार पौडेललाई नयाँ कप्तानको जिम्मा दिएको हो ।

यसअघि राष्ट्रिय टिमको कप्तान रहेका सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा लागेर पुर्पक्षका लागि थुनामा परेपछि क्यानले नयाँ कप्तान चयन गरेको हो।

सन्दीप कप्तान हुँदा रोहित उपकप्तानको जिम्मेवारीमा थिए। नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार