तस्बिर: खेलपाटी
काठमाडाैँ : बंगलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ। ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेपछि नेपाल च्याम्पियन बनेको हो।
प्रतियोगितामा नेपालले ४ खेलबाट १० अंक जोड्दै च्याम्पियन बन्यो। बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्दा भुटान अंक विहिन रहँदै घर फर्कियो।
नेपाली महिला फुटबलले उमेर समूहमा जितेको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो। यसअघि नेपाली महिला टोलीको कुनै पनि उमेर समूहमा अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका थिएन्न।
रोमान्चक खेलमा गोलरक्षक तथा कप्तान सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाउँदै नेपाललाई च्याम्पियन बनाइन्।
बंगलादेश विरुद्व नेपालले १४ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो। सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १(१ गोलको बराबरीमा ल्याएकी थिइन्।त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो। उक्त पेनाल्टीलाई नेपाली गोलरक्षक सुजताले उत्कृष्ट बचाउ गर्दै टिमको पहिलो अन्तराष्ट्रिय उपाधि पक्का गरिन्।