विराटनगर : नेपाली कांग्रेसले मोरङको क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ । कांग्रेस स्रोतका अनुसार यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बूलाई नयाँ उम्मेदवार बनाएको हो ।
उनले आज दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराउँदै छन् ।
निर्वाचन आयोगका अनुसार आज उम्मेदवारको मनोनय दर्ता गराएका उम्मेदवारविरुद्ध दावी विरोधलगायतका प्रक्रिया पुरा गरेरर भोली (शुक्रबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।
प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेर आज मनोनयन दर्ता गराउन लागेको हो ।