फाेटाेः सामाजिक सञ्जाल
प्यूठान : प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
दुर्घटनामा प्यूठान नगरपालिका वडा नम्बर(५,पातलकटेरीका ४६ वर्षीय खुमन थापा, उनकी श्रीमती ४६ वर्षिया बच्ची थापा, सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
जिल्लाको प्यूठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते ६ जनालाई बुटवल रिफर गरिएको छ।