Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो प्रभाव?



विराटनगर ।  आज (मंगलबार) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ ।

आज बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।

बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

आज बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो ।

यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

कुन राशिलाई कस्ताे प्रभाव?
मेष राशिमा ग्रहण लागेमा- शस्त्रधारी सैनिक, पुलिस, सेना, अर्धसैनिक बल, शस्त्र विनियमन विभागमा हल्लीखल्ली, अग्निबाट रोजगारी चलाउने मान्छेहरु जस्तै सुन आदि धातुलार्इ आगोले पगाल्ने खालका, ग्याँस संयन्त्र, होटल, अग्निको स्थान जस्तै थर्मल पावर, विद्युत प्राधिकरण आदिमा कष्टको उदय र बिजुलीको कमी हुन सक्ने मानिन्छ।

ग्रहण लाग्ने नक्षत्रको कारक क्षेत्र र दिशामा पनि कष्ट हुने मानिन्छ। जस्तै भरणी नक्षत्रको कारक क्षेत्र – हत्या, बलात्कार, डकैती, रगत, मासु, हिंसा, ह्रिंसक व्यक्ति, सबै प्रकारका अपराध, स्वार्थीपना, दलित वर्ग, खाद्य सामग्रीहरूको कारक मानिन्छ।

पृथ्वी कूर्ममा भरणी नक्षत्र उत्तर पूर्वको पूर्वीय दिशामापर्ने नक्षत्र भएकाले पूरै विश्वको र ग्रहण देखिने देश एवं प्रदेशहरूको पूर्व इशान दिशातर्फ अलि सजगता अपनाउनुपर्ने बुझिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार