Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीमा मत परिणाम घोषणा नभए सम्म मादक पदार्थ बिक्री वितरण र सेवन निषेध



सुनसरी । सुनसरीमा आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभए सम्मका लागि मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गरेको छ ।

मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०७९ कार्तिक २० देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि सुनसरी जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हस्ताक्षर गरी एक सूचना समेत जारी गरेको छ ।

May be an image of text

प्रतिक्रिया
सम्बन्धित समाचार