Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सवारी साधनमा माइकिङ गर्न आयोगको रोक



विराटनगर : चुनावीमा सवारी साधनमा माइकिङ गरी प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । सोमबार प्रदेश निर्वाचन कार्यालय विराटनगरले निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलहरूसँगको छलफलमा सवारी साधनमा माइक राखेर प्रचारप्रसार गर्न नपाइने जनाएको हो ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकाश्यप अधिकारीका अनुसार प्रचार गर्दा मोटरसाइकल र्याली, फ्लेक्स प्रिन्टहरूको प्रयोग र अनुमति नलिएका सवारी साधनमा झण्डाको प्रयोगसमेत गर्न नपाइने भएको छ ।

निर्वाचन लक्षित गर्दै कुनै पनि आमसभा, कोणसभा र जुलुसहरु गर्नु परे नजिकको प्रशासनमा जानकारी गराउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द गर्न सकिने प्रमुख अधिकारीले बताए । ‘निर्वाचन आचारसंहिता पालनाका विषयमा समस्या देखिएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम १ लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी समेत रद्द गर्न सक्छौँ,’ अधिकारीले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार