Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ २ : आफ्नो पक्षमा माहोल बनाउँदै एमाले

पाँच हजार मतले पोखरेलले चुनाव जित्ने जसपा नेताको यादवको दावी (भिडियोसहित)



विराटनगर : मोरङ क्षेत्र नम्बर-२ मा एमालेले आफ्नो पक्षमा माहोल बढ्दै गएको बताएको छ । जसपासँगको तालमेल र अन्य पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुको संख्या बढेको कारण आफ्नो पक्षमा माहोल सिर्जना भएको एमालेले बताएको छ ।

यो क्षेत्रमा जसपाले एमालेका उम्मेदवारका लागि सूर्य चिन्हमा भोट मागिरहेका छन् ।

एमालेका उम्मेदवार ऋषिकेश पोखरेलका लागि मत माग्दै रंगेली-८ पुगेका जसपाका जिल्ला सदस्य तथा रंगेली नगर सचिव भगवानचन्द यादवले प्रतिनिधिसभामा एमालेले पाँचहजारको मत अन्तरले चुनाव जित्ने दावी गरेका छन् । उनले आफ्ना पार्टीका अन्य नेता कार्यकर्तालाई एमालेका उम्मेदवारलाई भोट माग्न र चुनावी अभियानमा लाग्न आग्रहसमेत गरेका छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा विजयी भएका डा. मिनेन्द्र रिजाललाई पन्छाएर गिरिजा कोइराला पुत्री सुजाता कोइरालाई उम्मेदवार बनाएको छ ।

उनी बाबुले थालेका अधुराँ काम पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताइरहेकी छिन् । तर, उनलाई आफ्नै पार्टीभित्रबाट असहयोग हुने सम्भावना रहेको कांग्रेजनको बुझाइ छ । उनलाई रिजाल समर्थक स्थानीय कार्यकर्ताले अहिलेसम्म साथ नदिएको पार्टी निकटको भनाइ छ । रिजाल आइतबारसम्म यो क्षेत्रमा पुगेका छैनन् । यो क्षेत्रको २ मा प्रदेशसभा सदस्यका उम्मेदवार विनोद कार्कीको नाममा पनि कांग्रेस नेता–कार्यकर्ताको असन्तुष्टि छ ।

कांग्रेसभित्रको विवादले आफूहरुलाई सहज भएको एमाले नेताहरुको भनाइ छ ।मतदाताले काएरालाई टुरिस्ट नेताको उपनाम दिएको र पोखरेल स्थानीय भएकाले पनि एमालेलाई सहज हुने एमालेका एक नेताले बताए ।

क्षेत्र नम्बर २ को प्रदेश (१) मा एमालेका डिबी कार्की र गठबन्धनबाट माओवादी केन्द्रका गणेश उप्रेती प्रतिष्पर्धामा छन् । उप्रेती अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए । उनी काग्रेसका शिवनारायण गन्गाइसँग पराजित भएका थिए ।

त्यस्तै प्रदेश (२) एमालेका लिलाबल्लभ अधिकारी र गठबन्धनका तर्फबाट काग्रेसका विनोद कार्की प्रतिष्पर्धामा छन् । अधिकारी यस अघिल्लो निर्वाचनमा प्रदेश सांसद हुन भने कार्की काठमाण्डौ बसेर व्यवसायमा सम्लग्न व्यक्ति हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार