आगलागी भएको बस
विराटनगर : मोरङको उर्लाबारीमा गुडिरहेको बसमा आगलागी भएको छ । शनिबार साँझ उर्लाबारी नगरपालिका-३ मंगलबारेमा गुडिरहेको बसमा आगलागी भएको हो ।
अस्थाई प्रहरी चौकी मंगलबारेका असई हेमनारायण यादवका अनुसार काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ६४७२ नम्बरको बसमा अचानक आगलागी भएको हो ।
बसमा वायेरिङ् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । उक्त बसमा चालक र सहचालकसहित २३ जना यात्रु सवार रहेका थिए ।
आगलागिबाट गाडिको ईन्जिन, ट्याकी लगायतका भागहरुमा क्षति भएपनि कुनै मानविय क्षति भने हुन नपाएको यादवले जानकारी दिए । मंगलबारे प्रहरी र स्थानियबासीहरुको सहयोगमा उर्लाबारी नगरपालीकाको वारुण यन्त्रले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।