Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वीरगन्जमा कन्टेनरले किच्दा एक जना भारतीयको मृत्यु



पर्सा : पर्साको वीरगन्ज महानगरपालिका–२५ मा हिजो साँझ कन्टेनरले किचेर घाइते भएका पुरुषको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे भारतीय नागरिक ३० बर्षीय अशोक यादबलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो ।

विरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा यादबको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कन्टेनर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार