Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शेखर कोइरालालाई समर्थन गर्दै पासवानले पारे आफ्नो उम्मेदवारी निष्क्रिय



तस्बिर: शेखर कोइरालाको सचिवालय

विराटनगर : मोरङ क्षेत्र नम्बर-६ मा बहुजन शक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै उनले उम्मेदवारी निष्क्रिय बनाएका हुन् । पासवान बहुजन शक्ति पार्टीका मोरङ जिल्ला अध्यक्ष हुन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै पासवानले शेखर कोइरालालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘शेखर कोइरालालाई विजय गराउन बहुजन शक्ति पार्टीका मोरङ सक्रिय भएर चुनावी अभियानमा लाग्ने छ ।’

उनले शेखर कोइरालाको चुनावी अभियानमा लाग्न आफ्ना पार्टीका नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार