Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा निसास्सिएर एक जनाको मृत्यु



विराटनगर : विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका–४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा एक जनाको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्यास लिक भएर निसास्सिएर विराटनगर–५ का ५४ वर्षाीय रौदी चौधरीको मृत्यु भएको छ । चौधरी उक्त कोल्ड सेन्टरमा मिस्त्रीको काम गर्दै आएका थिए ।

ग्यास लिक हुँदा निसास्सिएर बेहोस भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा दिउँसो २ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार