Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ



विराटनगर : ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा विराटनगर-१२ का ३८ वर्षीय सजन कामतलाई प्रहरीले पक्राउ गरेको हो ।

कामतले गत कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको मौका छोपी बालिकालाई बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ ।

कामतले आफूमाथि बलात्कार गरेको भन्दै पीडित बालिकाले छिमेकीलाई सुनाएकी थिइन् । त्यसपछि पीडित बालिकाका बावुले मोरङ प्रहरीमा कार्तिक १४ गते कामतविरूद्ध ‘जवरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा बुधबार कामतलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । कामतलाई मोरङ अदालतमा जवरजस्तीकरणी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार