Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरबाट लागूऔषधसहित तीनजना पक्राउ



उदयपुर : उदयपुरबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार विभिन्न तीन स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

पोदारका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१० का ३४ वर्षीय विकास राई, त्रियुगा-११ का ३५ वर्षीय राजकुमार राई र त्रियुगा-१३ जोगीपोखरीका २४ वर्षीय आइस अधिकारी रहेका छन्।

राईद्वयको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ एम्पुल र फेनार्गन १४ एम्पुलसमेत गरी ४२ एम्पुल लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ।

यसैगरी, अधिकारीको साथबाट लुकाइछिपाई राखेको डाइजेपाम पाँच एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव नौ एम्पुल, बुप्रिनोर्फिन नौ एम्पुल, फेनारगन १० एम्पुलसमेत गरी जम्मा ३९ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार