विराटनगर : मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।
चुनावी अभियान अन्तरगत बिहिबार विराटनगर–४ स्थित राजवंशी चोकमा आयोजित कार्यक्रममा बोल्नै कोइरालाले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरे ।
विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गर्दै उनले केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने बताए ।