Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संविधानलाई सहि बाटोमा लैजान गठबन्धन निर्माण भएको हो : कोइराला



विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई सहि बाटोमा लैजान गठबन्धन निर्माण भएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधान गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले असल शासन, लोकतन्त्र र समुन्नत समाज निर्माणका लागि गठबन्धन आवश्यक रहेको बताए । ‘लोकतन्त्रको समर्थनका लागि, संविधानको रक्षाका लागि, असल शासन दिनका लागि गठबन्धन बनेको छ,’ कोइरालाले भने ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कोइरालाले अब गठबन्धनविना सरकार बन्न नसक्ने दावी गरेका छन् । ‘गठबन्धनविना सरकार बन्न सक्दैन्,’ उनले भने, ‘चाहे चुनाव अघि होस् या पछि गठबन्धनको आवश्यक छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार