विराटनगर : नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर-३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी भगवती चौधरीले निर्वाचनमा धाँधलीको प्रयास भए त्यसको प्रतिकारमा उत्रिने चेतावनी दिएकी छिन् ।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर १४ मा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै चौधरीले निर्वाचनमा आफूहरुलाई नकारात्मक दृष्टिकोणले असुरक्षित र अस्वस्थ प्रतिस्पर्धा गर्न खोजे आफैँ फिल्डमा उत्रने बताएकी हुन् । उनले दिएकाे चेतावनीलाइ विपक्षीले छुरा राेप्न र गाेली हान्न उक्साएकाे आराेप लगाएका छन्।
उनले चुनावी भाषणमा विगतका चुनावमा धाँधली भएकाे भन्दै यस पटक त्यसका विराेधमा उत्रन कार्यक्रतालाइ सचेत गराएकी छन्। ‘हामीलाई नकारात्मक दृष्टिकोणले असुरक्षित प्रतिस्पर्धा, अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्छ भने त्यसलाई निष्पक्ष ढंगले जानुस् भन्ने हाम्रो काम हो खबरदारी गराउने,’ चौधरीले भनिन्, ‘यदि भएन भने म भन्छु, मर्ता क्या नहि कर्ता । अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौति आयो भने म स्वयंम भन्छु भगवती चौधरी म उम्मेद्वार हुँ यदि साँच्चिकै मानेन त्यहाँ धाँधली र गलत प्रक्रियाहरु, दुस्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ मैले नै गर्छु ।’
हरेक ठाँउमा आफ्ना कार्यकर्तालाई धारिलो छुरा जस्तै बनाएर ओराल्ने बताउँदै चौधरीले भनिन्, ‘पहिले छुरा घोप्नु पर्यो कि त्यसलाई उ गर्नुपर्यो कि त्यसरी चाहि हाम्रा कार्यकर्ता पनि हरेक बुथमा, हरेक लाइनमा, हरेक गाउँमा कहाँ गडबढ हुँदैछ त्यहाँ धारिलो छुरा जस्तो भएर हाम्रा कार्यकर्ता ओराल्छौं।’
विपक्षी उम्मेदवारलाई इगिं गर्दै उनले जनताको अभिमतलाई सुरक्षित रुपले परिणाम निकाल्न नदिने काम भए त्यसको जवाफ दिनको लागि आफूहरु तयार रहेको बताइन् ।
उनले आफ्नो दुस्परिणाम निकाल्न र षड्यन्त्र गर्न खोज्ने छुरा हान्ने र गोली हान्न आफैँ तयार रहेको बताइन् । उनले भनिन् ‘भोलीपर्सि त्यस्तो हुनसक्छ भने त्यसलाई गोली ठोक्नु पर्यो भने छुरी हान्न परे पनि भगवनी चौधरी तयार छु ।’