विराटनगर : मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका १ घर भएमा ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो ।
मुटु र पेटमा समस्या देखिएपछि उनलाई नोवेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बिहिबार बेलुका विकको मृत्यु भएको अस्पतालले जनाएको छ ।
जवजस्ती करणीको मुद्यामा उनले २०७४ साल चैतबाट कैद भुक्तान गरिरहेका छन् । जिल्ला अदालतले उनलाई १० वर्षको कैद सजाय सुनाएको थियो ।