Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मोरङका सचिव रुपेश खतिवडाको राजिनामा स्वीकृत



विराटनगर : नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको एमाले मोरङको विस्तारित पदाधिकारी बैठकले खतिवडाको राजिनामा स्वीकृत गरेको हो ।

राजिनामा दिएको नौ दिन हुँदासम्म पनि खतिवडाले राजिनामा फिर्ता नगरेपछि विधान अनुसार स्वीकृत गरेको एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले जानकारी दिए । पार्टीमा अन्योलतामा राख्न नहुने भएको राजिनामा स्वीकृत गरेको कार्कीले बताए ।

खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै गत असोज २२ गते पदबाट राजिनामा दिएका थिए । उनी मोरङ क्षेत्र नम्बर १ को प्रदेश (क) बाट प्रदेशसभा सदस्यको आकांक्षी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार