विराटनगर : विराटनगरमा आगलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ । आइतबार साँझ ६ः२५ बजे विराटनगर १० स्थित कान्तिपुर स्कुलको क्यान्टिनमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाको दुईवटा दमकल, प्रहरी र स्थानीयले सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार क्यान्टिनमा रहेका फर्निचर सामाग्री र अन्य सामान पूर्णरुपमा जलेर क्षति भएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन् ।