विराटनगर : जनता समाजवादी पार्टीका मोरङ जिल्ला सदस्यसहितका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले पार्टी प्रवेश गराएका हुन् ।
कोइरालाले आइतबार मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयाजित निर्वाचन लक्षित कार्यक्रममा जसपाका जिल्ला सदस्य उत्तरकुमार राई, सुन्दरहरैंचाका नगर उपाध्यक्ष चित्रबहादुर राई, नगर सचिव दिनेश खत्रीसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका कोइरालाले सुन्दरहरैंचा ४ का कार्यकर्ता एवं क्रियाशिल सदस्यहरुसँग पनि भेटघाट गरेका छन् ।