Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट तस्करीको कपडासहित दुई जना पक्राउ



विराटनगर : विराटनगरबाट अवैध रुपमा भारतबाट तस्करी गरी ल्याएको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा विराटनगर–१६ बाट कपडासहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विराटनगर–१६ का २२ वर्षीय दिनेश ऋषिदेव र ३५ वर्षीय खेदन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार उक्त कपडा साढे चार लाख रुपैयाँ बराबरको रहेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बोरामा प्याक गरेर ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ सय १० पिस कुर्तासलवार, २ सय ५ पिस टप्स, ५० पिस साडी र २० पिस तन्ना बरामद भएको प्रहरीले जनाएको छ ।

प्रवत्ता कार्कीका अनुसार पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसनधान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार