Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका समाजसेवी गोयललाई नागरिक अभिनन्दन



विराटनगर : विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । शुक्रबार विराटनगरमा समाजसेवी दिनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समितिले आयोजनामा पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा गोयललाई अभिनन्दन गरिएको हो ।

एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका गोयलाई सोही अवसरमा विभिन्न क्षेत्रका ३ सयभन्दा बढी संघसंस्थाले समेत सम्मान गरेका छन् ।

गोयललाई अभिनन्दन गर्दै पूर्वराष्ट्रपति यादवले भारतबाट नेपाल आएर नेपाली एकता, सद्भाव र भाइचारामा सकारात्मक सन्देश छाडेको बताए । यादवले विराटनगरमा पहाडे, मधेशी, थारु, राजवंशी, मारवाडी समुदायको सद्भाव र भाइचाराले समग्रमा एकताको सन्देश दिएको बताएका छन् ।

नागरिक अभिनन्दनले आफूलाई थप सामाजिक काम गर्न हौसला मिलेको र आगामी दिनमा यसलाई निरन्तरता दिने गोयलले बताए । औद्योगिक क्षेत्रबाट विश्राम लिएर सामाजिक क्षेत्रमा लागेका गोयल झन्डै दुई सय सामाजिक संघसंस्थामा आबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार