Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

असोज २३ गतेदेखि अपहरणमा परेका सिरहाका १८ वर्षीय युवकको विराटनगरमा हत्या



विराटनगर : सिरहाको गोलबजार घर भएका १८ वर्षीय युवकको विराटनगरस्थित एक होटलमा हत्या भएको छ । विराटनगर ११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा मृत अवस्थामा अंशु सदाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तीराज कोइरालाका अनुसार मृतक सदालाई अपहरण गरी २३ गतेदेखि उक्त होटलमा राखिएको थियो । अपहरणकारीलाई एक लाख फिरौती नदिँदा हत्या भएको प्रहरीले बताएको छ ।

सेतो तन्नामा पोको पारेर कोठाको लोबेड मुनि हालिदिएको अवस्थामा भेटिएको शवको टाउको लगायत शरीरका विभिन्न भागमा चोट रहेको काइरालाले बताए ।

अपहरण र हत्यामा संलग्न रहेका तीन जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका ५ का ३६ वर्षीय मनोज कार्की, धनुषाको कमला नगरपालिका ६ का १९ वर्षीय प्रशान्तकुमार मण्डल र सोही स्थानका राकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार