इटहरी । नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने रकम मिनाहा गरिएको छ।
अध्यक्ष भण्डारीले इटहरी ५ जनता बस्तीमा एक कार्यक्रम गरेर सो रकम मिनाहा गरिदिएका हुन् ।
सुनसरी क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार समेत रहेका भण्डारीले बुवाको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने क्षतिपुर्ति वापतको ५लाख ६०हजार रुपैँया मिनाहा गरिदिएका हुन् ।
करिव एक महिना अगाडी इटहरी ८ मा नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको सिटि सफारीको ठक्करबाट मृत्यु भएको थियो। सफारी चालक ५२ बर्षीय छबिलाल सरदारको आर्थिक अवस्था दयनीय भएका कारण सो रकम मिनाहा गरिएको अध्यक्ष भण्डारीले बताए । अध्यक्ष भण्डारीले साह्रो गाह्रो परेको बेला जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।