विराटनगर : प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता शेखरचन्द्र थापालाई डेंगी संक्रमण भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हाल नोवेल शिक्षण अस्पतालमा उपचार गराइरहेको जनाएका छन् ।
आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनमा गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (क) उम्मेदवारी दर्ता गरेका थापाले सोमबारबाट लक्षण देखिएको बताए । उनी मंगरबार बिहान अस्पताल भर्ना भएका हुन् ।
ज्वरो घटीबढी भइरहेकाले दुईदिनसम्म अस्पताल बस्नुपर्ने भएको उनले बताएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थापा आइतबार दिउँसो मनोनयन दर्ताका लागि बेलबारी पुगेका थिए ।