विराटनगर : उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बर रायमाझीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
कटारीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार दिउँसो रायमाझीले उम्मेदवार दर्ता गराएका हुन् ।
यस्तै प्रदेश (क) बाट टिकट पाएमा देवराज राई र (ख) बाट उम्मेदवार बनेका जिवनाथ दाहालले पनि उम्मेदवार दर्ता गराएका छन् ।