विराटनगर : मोरङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
उर्लाबारीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार दिउँसो लिम्बूसहित प्रदेशसभा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
मोरङ १ को प्रदेश (क) माओवादीको भागमा परेको छ । यस क्षेत्रबाट निवर्तमान संसद कुशल लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीको भागमा परेको प्रदेश (ख) मा उपेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट प्रतिनिधिसभामा घनश्याम खतिवडाले उम्मेदारी दर्ता गराइसकेका छन् । खतिवडा अघिल्लो निर्वाचनमा कांग्रेसका डिगबहादुरलाई पराजित गर्दै संसद बनेका थिए । यस पटक पनि लिम्बू र खतिवडाबिच प्रतिस्पर्धा हुँदैछ ।
प्रदेश (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेतले उम्मेदवार दर्ता गराएका छन् ।