विराटनगर : नेकपा (एमाले)का नेता विशाल भट्टराईले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका छन् ।
आइतबार उनले खोटाङबाट उमेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् । उनी सोही क्षेत्रबाट निवर्तमान सांसद समेत हुन् ।
यस्तै, प्रदेशसभा सदस्यका लागि एमालेकै पाँचकर्ण (पीके) राईले खोटाङ ‘क’ र रामप्रसाद दंगालले खोटाङ ‘ख’बाट उमेदवारी दिएका छन् ।