विराटनगर : मोरङ क्षेत्र नम्बर ५ मा गठबन्धनका उम्मेदवारहरुले मनोनय दर्ता गरेका छन् ।
आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका माओवादी उम्मेदवार शिवकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् । उनी सोही क्षेत्रका संसद हुन् ।
यस्तै प्रदेश सभा (क) मा कांग्रेसका गयानन्द मण्डल र (ख) मा अमृत अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । अर्याल प्रतिनिधिसभाका आकांक्षी थिए ।
मोरङ क्षेत्र नम्बर ५ मा यसअघि एमाले छाडेर योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।