Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लालबाबु पण्डितले मोरङ-६ बाट उम्मेदवारी दर्ता गराए



विराटनगर : नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् । उनले मोरङ क्षेत्र नम्बर-६ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पण्डित २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । उनले कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गरेका थिए । कांग्रेसबाट कोइरालाले नै टिकट पाएका छन् ।

यस्तै एमालेबाट प्रदेश (क) मा रिता न्यौपाने र (ख) मा पर्शुराम बस्नेतले उमेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार