Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले त्यागेका रानालाई माओवादीले बनायो झापा-२ मा उम्मेदवार



विराटनगर : टिकट नपाएपछि एमाले छाडेका झापाका हरी रानालाई माओवादीले उम्मेदवार बनाएको छ । माओवादीले उनलाई झापा–२ मा टिकट दिएको हो ।

झापा २ मा दावी गर्दै आएका रानालाई एमालेले टिकट नदिएपछि माओवादीले उनलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा माओवादीका धर्म चापागाईको दावी थियो ।

एमालेका लोकप्रिय नेताका रुपमा परिचित राना शनिश्चरे गाविसको दुई पटक अध्यक्ष बनेका थिए । उनी अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार