Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रपति भण्डारी अस्पताल भर्ना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकी छन् ।
चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएकी हुन् । उपचारमा खटिएका चिकित्सकका अनुसार रगत परिक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन । नमुना परिक्षणमा खासै समस्या नदेखिए पनि ज्वरो कम नभएकाले उनलाई चिकित्सकले शनिबारको रात अस्पतालमा राख्ने भएका हुन् ।
चिकित्सकका अनुसार २४ घण्टाको निगरानी पछि आइतबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । राष्ट्रपति भण्डारीलाई फिजिसियन निरज बमको टिमले उपचार सुरु गरेका छन् ।
१०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डेंगु संक्रमणको अनुमान गरेका थिए । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार