Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा माओवादीबाट को-को भए उम्मेदवार (सूचीसहित)

प्रचण्डका ज्वाँइ जीवन आचार्यले पाए प्रदेशसभाकाे टिकट



विराटनगर : नेकपा माओवादी केन्द्रले मोरङमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ । गठबन्धनबाट माओवादीले मोरङमा दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा पाएको छ ।

माओवादीले अघिल्लो निर्वाचनमा जितेको मोरङ ४ र ५ बाट उम्मेदवार टुंगो लगाएको छ । मोरङ ४ बाट अमनलाल मोदीले टिकट पाएका छन् ।

यस्तै क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलले टिकट पाएका छन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

मोरङ क्षेत्र नम्बर १ को प्रदेश (क) बाट कुशल लिम्बूले टिकट पाएका छन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर २ (क) बाट माओवादीका प्रदेश सचिव गणेश उप्रेती (शुशिल) ले टिकट पाएका छन् । मोरङ ६ (ख) बाट प्रचण्डका ज्वाँइसमेत रहेका जीवन आचार्यले टिकट पाएका छन् । उप्रेती र आचार्य अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार