विराटनगर : प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली झापा आएका छन् । टिकट वितरण टुंगो लगाएर ओली शनिबार गृह जिल्ला झापा आएका हुन् ।
ओलीले झापा ५ बाट उम्मेदवारी दिँदै छन् । उनी यो क्षेत्रबाट सातौँ पटक उम्मेदवार बन्दै छन् ।