विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले उदयपुरमा उम्मेदवारको टुंगो लगाएको छ । दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेको उदयपुरमा एमालेले शुक्रबार उम्मेदवार टुंगो लगाएको हो ।
एमाले स्रोतका अनुसार उदयपुर क्षेत्र नम्बर १ मा मञ्जु चौधरीले टिकट पाएकी छिन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएकी थिइन् ।
उदयपुर १ (क) मा विमल कार्की उम्मेदवार बनेका छन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । १ (ख) बाट इश्वरमणी राउतले टिकट पाएका छन् ।
यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र श्रेष्ठले टिकटा पाएका छन् । प्रदेश २ (क) मा देवराज राई र (ख) बाट जिवनाथ दाहालले टिकट पाएका छन् ।