Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङका ६ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



विराटनगर : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङका ६ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मोरङ क्षेत्र नं १ को उर्लाबारी नगरपालिका कार्यालय , २ को रतुवामाई नगरपालिका कार्यालय, ३ को साविक बेलबारी नगरपालिकाको कार्यालय, ४ को विराटनगरको हृदयेश बाल उद्दान, ५ को सुनसरी मोरङ सिचाईं आयोजना कार्यालय र ६ को जिसस भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । क्षेत्र नम्बर ६ को कार्यालय मुख्य अधिकृतको कार्यालय रहने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।

निर्वाचन आयोगले असोज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने जनाएको थियो ।

आज स्थापना भएका कार्यालयमा मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यसम्पादन गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार