बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६ ००१ ख ०११० नम्बरको बस खोला खस्दा उनीहरुको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।
उक्त दुर्घटनामा मृतकमध्ये १० पुरुष र ६ महिला रहेका छन्। त्यसैगरी मृतक १६ जनामध्ये ९ जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा बारा कलैया १० का ३५ वर्षीय बाज्रीना खातुन पर्सा वीरगञ्जका ६५ वर्षीय सोमप्रसाद चौरासीया, ३५ वर्षीया मुन्नीदेवी चौरासीया, मकवानपुर हेटौँडा ७ की ५५ वर्षीया शभलक्ष्मी श्रेष्ठ र २० वर्षीया स्वस्तिका श्रेष्ठ, कलैयाकै २२ वर्षीय इन्ताक अन्सारी, बारा अमलेखगञ्जका २८ वर्षीय सुरेश विक, ४५ वर्षीय लालबहादुर बोगटी तथा गोर्खाकी अम्बिका कंडेल रहेको उनले बताए।