विराटनगर : तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको करेन्ट लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको हो।
इङनामलाई इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक इङनामको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।